काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गरेका छन् ।
आइतबार बार अध्यक्षको हैसियतमा उनले लिखित जवाफ पेस गरेका हुन् । अदालतले आफैँ वा वारेस मार्फत लिखित जवाफ पेस गर्न भने पनि वारको प्रतिनिधित्व गर्दै उनले लिखित जवाफ पेस गरेका छन् ।
यसअघि सर्वोच्च अदालतका तर्फबाट उपरजिस्ट्रार गोविन्द घिमिरेको प्रतिवेदनमा आधारमा उनीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको थियो । उक्त निवेदनमा कुमार रेग्मी र कुमार चुडालको इजलासले कात्तिक १ गते आफै वा वारेस मार्फत सात दिनभित्र लिखित जवाफ पेस गर्न भनेको थियो ।
सर्वोच्चको उक्त आदेशपछि २०८१ कात्तिक ७ गते सल्लाहकार समितिको बैठक बसी मुद्दालाई नेपाल बार एसोसिएसन विरुद्धकै मुद्दाका रूपमा ग्रहण गरी सोही हैसियतमा लिखित जवाफ प्रस्तुत गर्ने भन्ने निर्णय भएकाले सोही अनुसार नेपाल बार एसोसिएसनको अध्यक्षका हैसियतले लिखित जवाफ पेस गरिएको उनले जवाफमा भनेका छन् ।
तत्कालीन प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले लेनदेनका आधारमा न्यायाधीश सिफारिस गरेको अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए ।
पूर्णपाठ :
प्रतिक्रिया