८० हजार घुस लिएको आरोपमा वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

८० हजार घुस लिएको आरोपमा वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध ८० हजार रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी कार्यका लागि सेवाग्राहीसँग ८० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा ओलीलाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।ओलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ८० हजार रुपियाँ बिगो कायम गरी सजाय हुने माग दाबी लिइ सोमबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर भएको छ ।