म्यानचेस्टर युनाइटेडले बर्खास्त गर्‍यो प्रमुख प्रशिक्षक टेन हागलाई

म्यानचेस्टर युनाइटेडले बर्खास्त गर्‍यो प्रमुख प्रशिक्षक टेन हागलाई


काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षकमा एरिक टेन हागलाई बर्खास्त गरेको छ । करिब साढे २ वर्ष नेतृत्व रहँदा क्लबले आशातित प्रगति नगरेपछि बर्खास्त गरिएको हो ।

गएराति भएको इङ्लिस प्रिमियर लिगको खेलमा वेस्टह्यामसँग २-१ ले पराजित भएसँगै टेन हागको पद धरापमा परेको थियो । उनलाई बर्खास्त गर्ने तयारी यसअघि नै भएको थियो ।

डच प्रशिक्षक उनलाई टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिँदा युनाइटेड झन् झन् ओरालो यात्रामा थियो ।

टेन हाग र युनाइटेडबीच सन् २०२५ जुनसम्मका लागि सम्झौता भएको थियो । तर त्यसको करिब ६ महिनाअघि नै उनलाई क्लबले बर्खास्त गरेको हो ।

प्रिमियर लिगको जारी सिजनमा खराब लयमा रहेको युनाइटेड अहिले अंकतालिकाको १४ औँ स्थानमा छ । लिग लिडर तथा उसको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी २३ अंकसहित पहिलो स्थानमा हुँदा युनाइेटडको हातमा ११ अंक मात्रै छ ।

टेन हाग बर्खास्तीमा परेसँगै युनाइटेडले गत सिजन क्लबमा सहायक प्रशिक्षकका रुपमा जोडिएका रुड भान निस्टेलरुयलाई अन्तिरम प्रशिक्षक बनाएको छ ।