केरुङबाट १३ टन तौलका गाडी मात्रै आउजाउ गर्न पाउने

केरुङबाट १३ टन तौलका गाडी मात्रै आउजाउ गर्न पाउने


काठमाडौँ । चीनसँगको व्यापारिक नाका रसुवातर्फको केरुङ सडकमा सामानसहित १३ टनका सवारी साधन मात्रै आउजाउ गर्न पाउने भएका छन् ।

सीमा क्षेत्रका चिनियाँ अधिकारीहरूले सोमबार रसुवा प्रशासनलाई दिएको सूचना अनुसार क्षतिग्रस्त सडकको ट्रयाक खोल्ने काम मात्रै भएकाले ठुला कन्टेनर र हेभी व्यापारिक सामान बोक्ने सवारी साधन चलाउन तत्काललाई असम्भव हुने जनाएका हुन् ।

नाका बन्द भएको एक महिनापछि मंगलबारदेखि एकतर्फी रूपमा यातायात सञ्चालन गर्न लागिएको हो । नेपालतर्फको रसुवागढीबाट चीनको केरुङसम्म २४ किमि सडक गत असोज दोस्रो साताको बाढीले क्षति पुर्‍याएको थियो ।

चिनियाँ प्राविधिकहरूले हेभी इक्विमेन्ट प्रयोग गरी एक महिनासम्म लगातार प्रयास गर्दा पनि सडक सञ्चालन गर्न कठिन भएको छ ।