नेता मारिएपछि कासिमलाई हिजबुल्लाहको नेतृत्व

नेता मारिएपछि कासिमलाई हिजबुल्लाहको नेतृत्व


काठमाडौं- लेबनानको सशस्त्र समूह हिजबुल्लाहले नइम कासिमलाई आफ्नो नयाँ प्रमुखमा चयन गरेको छ ।

यसअघि उनी समूहका उपमहासचिव थिए । यस समूहका नेता हसन नसरल्लाह लेबनानको बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।

उनीपछिका कयौँ नेताको पनि इजरायली आक्रमणमा ज्यान गइसकेको छ । यस्तोमा हिजबुल्लाहको सिनियर काउन्सिलले नइमलाई नयाँ प्रमुख चयन गरेको हो ।

हालै इजरायलले हिजबुल्लाहका धेरै वरिष्ठ नेताहरूलाई मारिसकेको छ । हसन नसरल्लाहपछि उनको उत्तराधिकारी मानिने हाशिम सफिद्दीन पनि इजरायली आक्रमणमा मारिएका थिए ।