क्रिकेट विश्वकप लिग–२ स्कटल्याण्डविरुद्ध नेपालको शानदार जित

क्रिकेट विश्वकप लिग–२ स्कटल्याण्डविरुद्ध नेपालको शानदार जित


काठमाडौं – आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डमाथि नेपालले पाँच विकेटको जित निकालेको छ। टस जितेर सुरुमा बलिङ गरेको नेपालले पाएको १५५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा २९.५ ओभरमा १२१ बल बाँकी हुँदा १५७ रन बनाउँदै पूरा गरेको हो।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो। स्कटल्याण्डलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले एक मेडन राख्दै ४५ रन खर्चिएर तीन विकेट हात पारेका हुन्।
पालका लागि  करण केसी, सोमपाल कामी र गुल्सन झाले दुई दुई विकेट हात पारे।

अलराउण्ड प्रदर्शन गरेका आरिफ शेखले बलिङतर्फ तीन ओभर बलिङ गर्दा ९ रन दिएर एक विकेट हात पारे भने ब्याटिङतर्फ अर्धशतक बनाउँदै म्यान अफ द म्याच बने। शेखले ४२ बलको सामना गर्दा आठ चौकाको मद्दतमा ५१ रन बनाएका हुन्।

अमेरिकासँगको अघिल्लो खेल गुमाएको नेपालले लिग २ मा १० खेल खेल्दा दोस्रो जित निकालेको हो।

स्कटल्यान्डका लगि मार्क वाटले ३४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर खडा गर्न सकेनन् । उसका लागि  ब्राण्डम म्याकुलमले दुई विकेट लिँदा ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान एकएक विकेट हात पारेका थिए ।

अमेरिकासँगको अघिल्लो खेल गुमाएको नेपालले लिग– २ मा १० खेल खेल्दा दोस्रो जित निकालेको हो । नेपाल लिग–२ को तालिकामा पाँच अंकसहित सातौं स्थानमा कायम छ । ९ खेल खेलेको स्कटल्याण्ड ११ अंकसहित चौथो स्थानमा छ । क्यानडा १६ अंकसहित शीर्ष स्थानमा छ भने १४ अंकसहित अमेरिका दोस्रो स्थानमा छ । १२ अंकसहित नेदरल्यान्ड तेस्रो स्थानमा छ भने नामिबिया १० र ओमान ६ अंकसहित पाँचौ र छैटौं स्थानमा छन् । यूएई भने दुई अंकसहित तालिकाको पुछारमा छ ।