काठमाडौँ- साफ महिला च्याम्पियनसिपको फाइनल खेल अहिले केही बेरमा हुँदैछ । दशरथ रंगशालामा नेपाल र बांङ्लादेश उपाधिका लागि भिड्नुअघि कडा चेकजाँच भइरहेको छ ।
दर्शकहरू खेल सुरु हुनु अघि नै रंगशाला पुगेका छन् । सुरक्षालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले कुकुरको सहायताबाट समेत चेकजाँच गरिरहेको छ । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने भएकाले सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।
प्रतिक्रिया