एमाले माओवादीले भने-‘विगतमा हतारिएर असफल भयौँ, अझै एकता असम्भव छ’

एमाले माओवादीले भने-‘विगतमा हतारिएर असफल भयौँ, अझै एकता असम्भव छ’


काठमाडौँ । नेकपा माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’ले विगतको प्रयास असफल भएकाले वैचारिक स्पष्टतासहित गम्भीर आत्मसमीक्षा गर्न कम्युनिष्ट नेताहरूलाई आग्रह गरेका छन् । ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक वैचारिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरू जनआन्दोलनका कुराहरूको पनि धेरै चर्चा गरेको भए पनि पर्याप्त नभएको उनको भनाइ छ । ‘प्रचण्ड’ले एकताको कुरा गरेर मात्रै नहुने भन्दै मिल्ने मन हुने जति मिल्न सकिने र नमिल्नेहरूले पनि कार्यगत एकता र विशेष विशेष मुद्दाहरूमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माओवादीसँग तत्काल पार्टी एकताको सम्भावना नभएको बताए । उपाध्यक्ष ज्ञवालीले पनि अहिले एकता सम्भव हुनेहरूसँग गरेर जानुपर्नेमा जोड दिए ।

यता एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी भएको टिप्पणी गरे ।