काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष रहेका डा. पुन सन् २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरको भूमिकामा रहेर बैंकको पहिचान र सन्देश प्रवाहमा योगदान दिँदै आएका छन्। यो नियुक्तिलाई निरन्तरता दिँदै, बैंकले डा. पुनसँगको सम्झौतामा १ वर्षको अवधि थप गरेको हो।
बैंकको प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक विशेष समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र डा. महावीर पुनबीच ब्राण्ड एम्बास्डरको सम्झौता नवीकरणको हस्ताक्षर सम्पन्न भएको हो। कार्यक्रममा डा. पुनले पुनः नियुक्ति पाएकोमा खुसी व्यक्त गर्दै नेपाल बैंकसँगको आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख कार्यकारी अधिकृत श्री पाण्डेयले डा. पुनलाई प्रेरणाको श्रोतका रूपमा नेपाली समाजमा उच्च स्थान रहेको र नेपाल बैंकलाई यस्तो विशिष्ट व्यक्तित्वले प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको बताए। साथै, डा. पुनलाई नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा निरन्तरता दिन पाउँदा संस्थाको गरिमा बढेको उल्लेख गर्दै डा। पुनप्रति हार्दिक आभार व्यक्त गरे।
प्रतिक्रिया