घट्दाे क्रममा बैंकिङ्ग निक्षेप, एकैदिन ४ अर्बले बढ्याे कर्जा प्रवाह

घट्दाे क्रममा बैंकिङ्ग निक्षेप, एकैदिन ४ अर्बले बढ्याे कर्जा प्रवाह


काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीमा ६६ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको कात्तिक १२ गते सोमबारको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो । अघिल्लो दिन कात्तिक ११ गते आइतबार बैंकिङ्ग प्रणालीमा ६६ खर्ब २३ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेपमा एकदिनमा २ अर्बको गिरावट देखिएको छ ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा पनि १ अर्बको गिरावट देखिएको छ । कात्तिक ११ गते ५८ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकले १२ गते ५८ खर्ब ८८ अर्ब रुपैयाँ रकम बराबरको निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा ४ अर्बको वृद्धि देखिएको छ । कात्तिक ११ गते ५२ खर्ब ७६ अर्ब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले १२ गते ५२ खर्ब ८० अर्ब कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा पनि ४ अर्बले बढेको छ । गत कात्तिक ११ गते ४६ खर्ब ७० अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंंकहरुले १२ गते ४६ खर्ब ७४ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ । साथै, राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो ७८.४१ प्रतिशत कायम भएको देखाएको छ ।