विभागका अनुसार असोजमा कुल ७२ हजार ९५८ पटक कित्ताकाट भएको छ । कित्ताकाटको लिखत पारित ३१ हजार ४१४ पटक भएको विभागले जनाएको छ । जुन भदौको तुलनामा ३०५.९७ प्रतिशतले बढी हो ।
कित्ताकाट बढे पनि कारोबारको लिखत पारित भदौको तुलनामा असोजमा ६.९२ प्रतिशतले घटेको विभागले जनाएको छ । भदौमा कारोबारको लिखत पारित ३२ हजार ७९८ वटा हुँदा असोजमा ३० हजार ५२७ वटा भएको छ ।
विभागका अनुसार भदौको तुलनामा असोजमा घरजग्गा कारोबारबाट उठ्ने राजस्व शून्य दशमलव २९ प्रतिशतले घटेको छ । भदौमा ३ अर्ब ९ करोड रुपैयाँ राजस्व उठ्दा असोजमा ३ अर्ब ८ करोड रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ ।
प्रतिक्रिया