पोर्चुगल- आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्चुगलमा रहेका नेवार समुदायले नेपाल सम्वत् ११४५ र सामुहिक म्ह पुजा मनाएका छन् ।
लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार भएको म्ह पुजामा नेवार समुदायका एक सय जनाभन्दाकाे सहभागिता रहेको थियो ।
आफ्नो शरिरलाई आफैले निरोगिता र रोकिएको काम पूरा होस भनेर म्ह पुजा गर्ने चलन रहेको नेवा: ख:ल, पोर्चुगलका अध्यक्ष राजेशमान जोशीले जानकारी दिए । “आत्मालाई मण्डपमा राखेर विधिपुर्वक पुजा गर्ने नेवारी अनुसार म्ह पुजा गर्ने चलन रहेको छ” उनले भने ” हामीले पनि त्यहि प्रचलनलाई प्रवासमा पनि निरन्तरता दिने प्रयास गरेका हौ । हाम्रो कला, भाषा, संस्कृति भनैकै हाम्रो पहिचान हो । यसमा हामीले गर्व गर्नु पर्छ ।”
युरोपमा पहलो पटक आयोजना गरिएको म्ह पुजाका संयोजक अमृतरत्न शाक्यले संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रवासमा गरिएको कार्यक्रमबाट आफु हौिसएको बताए । “पहिलो पटक गरिएको पुजामा भएको सहभागीताले निकै खुशी लागेको छ” उनले भने “नेपालीहरू जहाँ भएपनि आफ्नो संस्कृतिलाई भुल्न सक्दैनन् भन्ने यो गतिलो उदाहरण हाे ।”
नेवा: खल,पोर्चुगलले यसभन्दा अघि विस्केटजात्रा पनि मनाएकाे जानकारी दिदैं आजकाे याे म्ह पुजा पनि भव्य हुन गएकाेका ग्रिन एण्ड चिल्डका संचालक सुमेश श्रेष्ठले पनि खुशी व्यक्त गरे । “आफ्नाे जन्मे हुर्केकाे बेला देखि आएकाे चलनलाई आत्मसाथ गर्न पाउँदा काे खुशी हुदैन र” उनले भने “प्रवासमा पनि यसरी आफ्नाे संस्कृति अगाल्न पाउँदा निक्कै खुशि लागेकाे छ ।”
एक वर्ष अगाडि स्थापना भएकाे नेवा: खल, पाेर्चुगलले अब आफ्नाे संस्कृतिकाे जर्गेना गर्नका लागि हमेशा प्रयास गर्ने प्रतिवद्ता पनि कार्यक्रममा व्यक्त गरिएकाे थियाे ।
यस कार्यक्रमलाई सफल बनाउन यस खःलका महासचिव सुजेन श्रेष्ठ, सहसचिव गणेश श्रेष्ठ (दिलाेन) का साथै काेषााध्यक्ष अमृत रत्न शाक्यकाे महत्वपूर्ण भूमिका रहेकाे जानकारी पनि खःलका अध्यक्ष जाेशीले जानकारी दिए ।
यसैगरि पोर्चुगलमा रहेकाे विभिन्न नेपाली समुदायले परम्परालाई निरन्तरता दिदैं देउसीभैलाे पनि खेलेका थिए ।
प्रतिक्रिया