काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ ।
परराष्ट्र स्रोतका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७(२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका हुन् ।
‘प्रधानमन्त्रीको सचिवालयले पनि मिति तोकेर भ्रमणको निम्तो आएको बताएको छ ।
गत ३१ असारमा प्रधानमन्त्री नियुक्त ओलीको यो पहिलो विदेश भ्रमण हो । यसअघि संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्न अमेरिका गए पनि यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
प्रतिक्रिया