भारतसँग गरिएको विद्युत् व्यापार सम्झौता विरुद्धको रिट सर्वोच्चद्वारा खारेज

भारतसँग गरिएको विद्युत् व्यापार सम्झौता विरुद्धको रिट सर्वोच्चद्वारा खारेज


काठमाडौँ । सर्वोच्च अदालतले सरकारले भारतसँग गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौता विरुद्ध परेको रिट निवेदन खारेज भएको छ ।

मङ्गलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको इजलासले रिट खारेज गर्दै केही बुँदामा निर्देशनात्मक आदेश जारी गर्ने निर्णय सुनाएको हो ।

सर्वोच्चको पूर्ण इजलासले रिट जारी नहुने भन्दै खारेज गरेको भएपनि केही विषयमा भने निर्देशनात्मक आदेश गरेको छ । उक्त निर्देशनात्मक आदेश भने सार्वजनिक हुन बाँकी छ ।

०८० पुसमा प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले नेपाल र भारतबिच २५ वर्षे दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गरेको थियो । सम्झौताको अङ्गका रूपमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् लैजाने उल्लेख छ ।