काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थानीय तह निर्वाचनअघि नबस्ने भएको छ ।
पार्टी महासचिव देव गुरुङका अनुसार स्थानीय तह निर्वाचनमा सक्रियतापूर्वक लाग्नुपर्ने भएकाले निर्वाचनअघि बैठक नबस्ने भएको हो । सम्पन्न प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श बैठकबाट आएका सुझावका आधारमा दसैँ–तिहारको बिचमा बैठक बस्ने भनिएको थियो ।
तर अध्यक्ष प्रचण्ड लगायत केन्द्रीय नेताहरू जिल्ला जिल्लामा व्यस्त भएको, तिहार, छठ जस्ता चाडपर्वका कारण बैठक तिहार लगत्तै बस्ने भनिएको थियो ।निर्वाचनको तयारी सम्बन्धमा आवश्यक निर्णय लिन पदाधिकारी बैठक बस्न सक्ने महासचिव गुरुङले जानकारी दिए ।
प्रतिक्रिया