काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो ।
समिति सदस्य जीवन परियारले बैठकमा स्थानीय तह उपनिर्वाचन हुने वडा तथा पालिकाहरूको स्थिति र भावी रणनीतिबारे छलफल हुने जानकारी दिए ।
यहीँ मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन मिति घोषणा भएको छ । जसको तयारीमा दलहरू लागेका छन् ।
प्रतिक्रिया