काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । सोमबार बेलुकीदेखि ज्वरो आएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य रहेको ओलीको सचिवालयले जनाएको छ ।अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले बालुवाटारमै स्वास्थ्य लाभ गरिरहेका छन् ।
प्रतिक्रिया