छठको भोलिपल्टदेखि १०० दिने अभियान सुरु गर्दै काँग्रेस

छठको भोलिपल्टदेखि १०० दिने अभियान सुरु गर्दै काँग्रेस


काठमाडौँ । संगठनलाई सक्रिय बनाउने उद्देश्यका साथ नेपाली काँग्रेसले सुरु गरेको १०० दिने अभियान पुनः थाल्ने भएको छ ।

बाढी-पहिरोको विपद्पछि असोज १३ गतेको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार रोकिएको अभियान छठपछि पुनः गर्न लागेको हो । देशभर-बाढीपहिरोले वितण्डा मच्चाएपछि काँग्रेसले पार्टीको अभियान स्थगित गरेर राहत र उद्धारमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएको थियो ।

अभियान सुरु भएको केही दिनमै रोकिएको अब चाडपर्व सकिएपछि सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनले अभियान पार्टीको संगठन चलायमान बनाउन प्रभावकारी देखिएको बताए । पार्टीले अघि सारेको नीति, एमालेसँगको सहकार्य, सहकारी प्रकरणलगायतको विषय जनतामाझ लैजान काँग्रेसले अभियान चलाएको हो ।

मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन केन्द्रित गरेर चुनाव हुने क्षेत्रमा अभियानमा खटिएका प्रतिनिधिले काम गर्ने मुख्यसचिव पौडेलले बताए ।