बांङ्लादेशी महिला टोलीका कोचले दिए राजीनामा

बांङ्लादेशी महिला टोलीका कोचले दिए राजीनामा


काठमाडौँ । साफ महिला फुटबलको लगालग दुई उपाधि जितेको बांङ्लादेशी टोलीका कोचले राजीनामा दिएका छन् । उनले तीन महिनाको तलब नपाएको तथा तलब पनि नियमित नभएको गुनासो गर्दै उपाधि जिताएर राजीनामा दिएको खुलेको छ ।

बेलायती नागरिक पिटर बट्लरले उपाधि जितेको भोलिपल्ट राजीनामा घोषणा गरेको बांङ्लादेशी मिडिया सोमोइ न्युजले जनाएको छ । आफ्नो सम्झौता सकिन दुई महिना बाँकी छँदै उनले राजीनामा दिएको सार्वजनिक भएको हो ।