काठमाडौँ- चाँदीबाट बनाइएका ५ सय र एक हजार दरका नक्कली नेपाली नोटसहित भक्तपुरबाट सुन व्यवसायी पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुर्यविनायक-८ सिपाडोलस्थित इन्द्र ज्वेलर्स सुन चाँदी पसलका सञ्चालक सोहिल शाक्यलाई पक्राउ गरेको हो ।
शाक्यले नेपाल राष्ट्र बैंकले निकाले जसरी ती नोटहरु तयार गरेर विक्री गरेको सीआईबीको दाबी छ। प्रहरीका अनुसार एक सय १३ थान र ५ सय दरका २८ थान नोटहरु बरामद भएका छन्। प्रहरीका अनुसार तिहारमा शाक्यले चाँदीको नोट विक्रीमा भन्दै सामाजिक सञ्जालमा विज्ञापन गरेका थिए ।
प्रतिक्रिया