पोखरा-सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप म्यादका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अघिल्लो १० दिने म्याद सकिएपछि आज अदालत उपस्थित गराइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को सहयोगमा सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबारको अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया