काठमाडौं– रास्वा नेता कार्यकर्ताले सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा निरन्तर गरिरहेको प्रदर्शनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुख खोलेका छन्।
देउवाले आइतबार धनगढी विमानस्थलमा रास्वपा प्रदर्शनबारे टिप्पणी गरेका हुन्। ‘कानुनी छानबिनका लागि नेपाली कांग्रेसका हाम्रा साथीहरु पनि पक्राउ गरिएका थिए’, देउवाले भने,‘हामीले कहिले पनि हो–हल्ला गरेनौं।’
रविलाई मात्र अदालती प्रक्रिया नभएको बताएका उनले कांग्रेस, एमालेका नेतालाई समेत भएको बताएका थिए। सरकार परिवर्तनसम्बन्धी विषयमा पत्रकारले सोधेको प्रश्न देउवाले खारेज गरिदिए।
प्रतिक्रिया