काठमाडौँ । हिमाल पारिको जिल्ला मनाङस्थित पर्यटन गन्तव्य तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको बिजुली पुगेको छ ।
मनाङ ङिस्याङ गाउँपालिका-९ खाङ्सारस्थित समुद्र सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर्ति सुरु गरिएको हो । बेस क्याम्पमा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति गरिएको हो ।बेस क्याम्पमा १० होटेल, स्वास्थ्य चौकी र स-साना रेस्टुरेन्ट सञ्चालनमा छन् ।
बेस क्याम्पमा विद्युत् ग्राहक संख्या १५ छ । राष्ट्रिय प्रसारण लाइन पुग्नु पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ ।
सौर्य ऊर्जाको ब्याकअपले नधान्दा पर्यटकीय स्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या थियो । राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया