कालिकोट जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा पिलाँता गाउँपालिका वडा र्न ५ का ५१ वर्षीय पदम बहादुर बमस ६ का पुन्नकला शाही, ५ कि छाया शाही, सोही गाउँपालिका वडा नम्बर ६ निवासी भद्र रोकाया, ६ उखाडी निवासी गणेश शाही र ६ वर्षीय बालक दमन रोकायाको पहिचान खुलेको प्रहरी चौकी खिनले जनाएको छ ।
क १ ज, ५६ नम्बर को जिप खिनदेखी थिर्पुसम्म आउँदै गरेको थियो। दिउँसो २ बजेर ३१ मिनेटमा राडुकाप्रे खोलमा दुर्घटना भएको थियो । दुर्घटनामा १३ जना गम्भीर घाइते भएको समेत जनाइएको छ ।
घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रहरी चौकी खिनले जनाएको छ। घाइते हुनेमा विजय थापा, इश्वर थापा,केशव थापा, डल्ली विक, आयुसा विक,रिदम शाही, प्रतिक्षा शाही, आषिष रोकाया,भुपेन्द्र रोकाया,दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया र गाडी चालक हस्त वम गरी जम्मा १३ जना गम्भीर घाइते रहेको जनाएको छ । गाडी सडकदेखि दुई सय मिटर तल खसेको थियो।
प्रतिक्रिया