काठमाडौँ। पलाता गाउँपालिका-३ राडुनेटामा भएको बोलेरो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ जना गम्भीर घाइते भएका छन् । पलाता गाउँपालिका-५ खिनबाट थिर्पुतर्फ जाँदै गरेको क. १ ज. ५६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट खस्दा दुर्घटना भएको हो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरीक्षक टेक बहादुर रावतसहित ११ जनाको टोली खटिएको थियो ।
प्रहर अनुसार मृतक ६ जनाको पहिचानको छ । । मृत्यु हुनेमा पलाता गाउँपालिका कालिकोट-६ कि दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाता गाउँपालिका ५ कि छाया शाही र वडा नम्बर ३ का दमन रोकाया रहेका छन् । उनीहरूको घटनास्थल मै मृत्यु भएको हो ।
यसैगरी घाइते १३ जना घाइते भएका छन् । घाइते हुनेहरूमा पलाता गाउँपालिका कालिकोट-६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतीक्षा शाही, आशिष रोकाया, निर्मला रोकाया, जगत रोकाया र भूपेन्द्र रोकाया रहेका छन् ।
यसैगरी पलाता गाउँपालिका ५ का दोली बिक, आयुशा बिक र वडा नम्बर ३ का दान बहादुर रोकाया पनि घाइते भएका छन् भने चालक धनस्राम रावतको वतन खुलेको छैन ।
घाइते सबैको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
प्रतिक्रिया