काठमाडौँ– आगामी डिसेम्बर २७ र २८ मा युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को नवौँ संस्करण काठमाडौँमा हुने भएको छ ।
कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी यो सम्मेलन युनिग्लोब माध्यमिक विद्यालय, कमलादीमा हुने भएको छ । उक्त कार्यक्रम नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा गर्ने भएको हो ।
देशभरका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरूले जीव विज्ञान, रसायन र वातावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ् र रोबोटिक्स, कम्प्युटर विज्ञान र कृत्रिम बौद्धिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि विद्या समेटिएका छन् ।
परियोजनाको छनोटमा नवीन प्रविधि र प्रयोगलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई युवा वैज्ञानिक उपाधि प्रदान गरिने आयोजकको भनाइ छ ।
सम्मानित हुने युवा वैज्ञानिकहरूलाई सिंगापुरमा हुने १४औं एशिया प्यासिफिक सम्मेलनमा सहभागिता जनाउनका लागि आवेदन दिन योग्य मानिने आयोजकले जानकारी दिएको छ
प्रतिक्रिया