पुर्‍याइयो रवि लामिछानेलाई बयानका लागि रुपन्देही सरकारी वकिल कार्यालय

पुर्‍याइयो रवि लामिछानेलाई बयानका लागि रुपन्देही सरकारी वकिल कार्यालय


बुटवल । सहकारी ठगीको अनुसन्धानका लागि भैरहवा ल्याइएका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही पुर्‍याइएको छ । लामिछाने पोखराबाट बुद्ध एअरको विमानमार्फत आज १२स् २० मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलमा ओर्ले लगत्तै कडा सुरक्षा घेराबीच लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन् । ‘सरकारी वकिलको कार्यालय पुराए लगत्तै बयान लिइनेछ’ डीएसपी खनालले भनिन् ।