काठमाडौँ । आगामी मंसिर १६ गते दैलेखको महाबु गाउँपालिकामा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार टुङ्ग्याएको छ । रास्वपाको मंगलबार बसेको जिल्ला समितिको बैठकले पार्टीको तर्फबाट प्रकाश बुढालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
महाबुमा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र) ले यस अघि नै उम्मेदवार टुङ्ग्याइसकेका छन् । काँग्रेसले झलकबहादुर भण्डारी र नेकपा माओवादी (केन्द्र) ले जङ्गबहादुर बराल ‘त्रिलोचन’ लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै दुल्लु नगरपालिका वडा नं. १३ मा हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट रामबहादुर शाहीलाई उम्मेदवार बनाइएको रास्वपा दैलेखका सभापति बखत भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया