भरतपुरमा बस र अटो आपसमा ठोक्किँदा तीन जना घाइते, एकको अवस्था गम्भीर

भरतपुरमा बस र अटो आपसमा ठोक्किँदा तीन जना घाइते, एकको अवस्था गम्भीर


चितवन -भरतपुर महानगरपालिका–१० विशाल चोकमा आज बिहान साढे ३ बजेको समयमा बस र अटो आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइते हुने तीनै जना अटोमा सवार थिए । अटो चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

काकडभित्ताबाट काठमाण्डौतर्फ गईरहेको बागमती प्रदेश ००१–००६ ख ६१२१ नम्बरको बस र बसेनि चोकबाट बिरेन्द्र क्याम्पसचोकतर्फ आउदै गरेको ना १ ह ५५२५ नम्बरको अटो एकआपसमा ठक्कर आएका हुन् ।

ठक्करबाट अटो चालक नामथर वतन नखुलेको अन्दाजी २६ वर्षीय पुरुषको टाउको र अनुहारमा चोट लागेको छ । अटोमा सवार कालिका नगरपालिका–९ सक्तिखोर बस्ने वर्ष १९ की मनिषा गुरुङको निधारमा चोट लागेको छ भने सोहि ठाउँ बस्ने २० वर्षीय स्मारीका श्रेष्ठ सामान्य घाइते भएकी छन् ।

घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने दुवै सवारी साधन र बस चालक भरतपुर–२५ बस्ने वर्ष ५३ को सुकाई महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।