३ सय ७ किलो गाँजासहित कृषि फर्मका संचालक पक्राउ

३ सय ७ किलो गाँजासहित कृषि फर्मका संचालक पक्राउ


काठमाडौँ । धरान उपमहानगरपालिका १७ खैरेनीस्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ७ किलोग्राम सहित कृषि फर्म संचालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१३ बस्ने ४४ वर्षीय मनिराज राई रहेको छ भने उनलाई मंगलबार राति उक्त फर्ममा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीमाथि फर्ममा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला परेको थियो । उनलाई थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।