काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको स्वागतमा फूलमालासहित उपस्थित हुन नेपाली काँग्रेस डडेलधुराले उर्दी गरेको छ ।
काँग्रेस डडेलधुरा सभापति भीमबहादुर साउदले विज्ञप्ति निकालेर पार्टीका नेता कार्यकर्तालाई स्वागतमा उपस्थित हुन निर्देशन दिएका हुन् । काँग्रेस केन्द्रीय समिति सदस्य समेत रहेकी मन्त्री राणा शुक्रबार डडेलधुरा जाँदै छिन् ।
शुक्रबार दिउँसो ३ः३० बजे डडेलधुरा बसपार्कमा फूलमालासहित स्वागतका लागि उपस्थित हुन साउदले एक विज्ञप्तिमार्फत निर्देशन दिएका छन् ।
‘महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा कार्यसमितिहरू, टोल कार्यसमितिहरू, भातृ तथा शुभेच्छुक संघ संस्थाका सम्पूर्ण कार्यसमितिहरू, क्षेत्रीय प्रतिनिधिहरू, क्रियाशील सदस्यहरू, उद्योगी व्यापारीहरू तथा नेपाली काँग्रेसप्रति आस्थावान सम्पूर्ण महानुभावहरूलाई डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ,’ साउदद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया