काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासको गार्डेन सजाउनको लागि २३ लाखको ठेक्का स्वीकृत हुने भएको छ ।
गार्डेन सजावटका लागि आह्वान गरेको ठेक्कामा पोखरा आउटसोर्सिङ प्रालिले प्रस्ताव गरेको २३ लाख ८२ हजार रुपैयाँ बराबरको बोलपत्रलाई स्वीकृत गर्ने गरी कार्यालयले बिहीबार सूचना जारी गरेको हो ।
मूल्यांकन समितिले न्यून मूल्यांकन र सारभूत रूपमा प्रभावग्राही भएको भन्दै उक्त कम्पनीको बोलपत्रलाई स्वीकृत गर्न सिफारिस गरेको कार्यालयले जनाएको छ ।
यस्तै कार्यालयले कार्यालयको सरसफाइ तथा ठोस् फोहोर व्यवस्थापनका लागि समेत सो कम्पनीलाई जिम्मा दिने निर्णय गरेको छ । यसका लागि २१ लाख २७ हजारको बोलपत्र स्वीकृत गर्न लागिएको छ ।
प्रतिक्रिया