योजना आयोग र भारतको नीति आयोगबीच सहकार्यको तयारी

योजना आयोग र भारतको नीति आयोगबीच सहकार्यको तयारी


काठमाडौँ । राष्ट्रिय योजना आयोग र भारतको नीति आयोगले विभिन्न सम्भावित क्षेत्रहरूमा सहकार्य गर्ने तयारी गरेका छन्। योजना आयोगका सचिव मधुकुमार मरासिनी र नीति आयोगका उपाध्यक्ष सुमन बेरीबीच बुधबार नयाँ दिल्लीमा भएको भेटमा दुई आयोगबिच सहकार्यका क्षेत्रहरूमा विस्तृत छलफल भएको हो।

दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार, दुई आयोगबीच रचनात्मक सम्बन्ध स्थापित गर्दै सहकार्यका उपायहरूबारे विचार-विमर्श भएको छ। राजदूतावासले सामाजिक सञ्जाल एक्समार्फत सचिव मरासिनी र उपाध्यक्ष बेरीबीच सहकार्यका लागि छलफल भएको जानकारी दिएको छ।

यस छलफलले नेपाल-भारतबीचको रणनीतिक साझेदारीलाई थप मजबुत बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।