काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले ७ बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन भइरहेको दाबी गरेका छन्।
मोरङको विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले नागरिकको आकांक्षालाई केन्द्रमा राखेर काम अघि बढाएको बताए।
पछिल्लो समय शिक्षा, स्वास्थ्य,पूर्वाधारलगायतका क्षेत्रमा भएको प्रगति हेर्न आग्रह गर्दै सरकारले केही पनि गरेन भनेर टिप्पणी गर्ने बेला भइनसकेको जिकिर गरे।
काँग्रेस एमाले गठबन्धनको सरकार बनेपछि लामो समयदेखि अन्योलमा रहेको टिआरसी विधेयक अघि बढेको र संसदले बनाएको समितिको प्रतिवेदनअनुसार सहकारी अपचलनमा संलग्नमाथि कारबाही अघि बढेको बताए ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले कोशी अञ्चल अस्पतालको निर्माणाधीन भवनको सरोकारवालाहरूसहित निरीक्षण गरेका छन्। कोशी अञ्चल अस्पताल परिसरमै निर्माणाधीन ५ सय शैय्याको अस्पताल निर्माणको गति सुस्त देखिएको भन्दै उनले असन्तुष्टि समेत जनाए।
शुक्रबार र शनिबार दुई दिन विराटनगरमा रहँदा उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयअन्तर्गत भएको कामको निरीक्षण र राजनीतिक भेटघाट गर्नेछन्।
प्रतिक्रिया