शुक्रबार पार्टी मुख्यालय च्यासलमा मंसिर ७ मा काठमाडौँमा हुने जागरण सभाबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले उक्त दाबी गरेका हुन् ।
प्रमुख दलहरूप्रति जनता असन्तुष्ट छन् भन्ने कुरा गलत हो भन्ने सन्देश दिन पनि पार्टीले जागरण अभियान सञ्चालन गर्न लागेको उनको प्रष्टोक्ति छ । नेपाली जनताले प्रमुख दलहरूबाट नै मुलुकमा सुधारको अपेक्षा गरेको पोखरेलको जिकिर थियो ।
उनले भने, ‘ललितपुर, भक्तपुर र काठमाडौँ जिल्ला कमिर्टीको अगुवाइमा जागरण अभियान कार्यक्रम हुँदैछ । उपत्यकामा नै आयोजना हुने कार्यक्रमकमा माध्यमबाट हामी यस्तो सन्देश दिन चाहन्छौँ कि जनता असन्तुष्टि छन् भन्ने खालको कुरा जुन खडा गर्न खोजिएको छ । त्यो होइन, जनता प्रमुख दलहरूप्रति नै विश्वास र भरोसा गर्दछन् । र, उनीहरूबाटै सुधारको अपेक्षा गर्दछन् भन्ने सन्देश दिनु पनि जरुरी छ । त्यो हिसाबले हामीले जुन सभाको आयोजना गर्न खोजेका छौँ । जागरण सभा, त्यसको औचित्य त्यसले पुष्टि गर्छ । ’
प्रतिक्रिया