उदयपुरको दुवै ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

उदयपुरको दुवै ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


काठमाडौँ- उदयपुरका दुई ठाउँमै शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

सदरमुकाममा रहेको त्रियुगा नगरपालिका १२ नम्बर वडा कार्यालयमा मुख्य निर्वाचन अधिकृत र बेलका नगरपालिका-९ को कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

वडाध्यक्ष पदको उपनिर्वाचनलाई लक्षित गर्दै दुवै वडामा कार्यालय स्थापना गरिएको हो। त्रियुगामा न्यायपरिषदबाट जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपककुमार खरेललाई मुख्य निर्वाचन अधिकृत र बेलकामा न्याय सेवा आयोगबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता मनोजकुमार गुप्तालाई तोकिएको छ।

दुवै जनाले शुक्रबार नै कार्यालय स्थापना गरी काम सुचारु गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयको दुवै निर्वाचन अधिकारीले औपचारिक रूपमा उद्घाटन गरेका छन्।