यहीँ मङ्सिर ५ र ६ गते आयोजना गर्न लागिएको भेलामा जिल्ला भित्र स्थायी घर भइ देशभर पर्यटनका क्षेत्रमा काम गर्दै आएका पर्यटन व्यवसायीको सहभागिता रहने उनले बताए । ‘‘गोरखा नगरपालिकाले समेत जिल्लामा पर्यटक भित्र्याउन आउँदो पुस २५ गतेदेखि पर्यटन वर्ष घोषणा गरेर कार्यक्रम गर्न लागेको छ, अध्यक्ष कुँवरले भने, ‘‘त्यसलाई सहयोग पुर्याउन संघले पनि व्यवसायीहरूको बृहत् भेला गर्न लागेको हो ।’’भौगोलिक, प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा वातावरणीय विविधताका कारण पर्यटनको प्रचुर सम्भावना भएको गोरखाका पर्यटकीय क्षेत्रको व्यापक प्रचार–प्रसार गर्न सके जिल्लामा अत्याधिक पर्यटक भित्र्याउन सकिने भएकाले भेलामार्फत पर्यटन व्यवसायीले पनि आवश्यक भूमिका खेल्न जोड दिइने उनको भनाई छ ।
‘‘पर्यटकलाई आकर्षण गर्न सक्ने थुप्रै ठाउँहरू भए पनि यथोचित हिसाबले प्रचार गर्न अझै सकिएको छैन, संघका महासचिव सुमन श्रेष्ठले भने, ‘‘गोरखाले ती पर्यटकीय क्षेत्रको भरपुर उपयोग गरेर लाभ लिन सके यहाँको आर्थिक सम्बृद्धिमा नयाँ फड्को मार्न सकिन्छ भन्ने विश्वास छ ।’’ भेलामा करिव १ सय ५० भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहने छ ।
सोही अवसरमा थप पर्यटकीय क्षेत्रको पहिचानका लागि जिल्ला भित्रका ११ वटै स्थानीय तहले भिडियो सामाग्री निर्माण गरी प्रस्तुत गर्ने कार्यक्रम समेत तय गरिएको उनले बताए । उनले भने, ‘‘भेलामा गोरखामा पर्यटकको बसाई लम्ब्याउनका लागि पनि आवश्यक योजना बनाइनेछ, यहाँका रैथाने खाना तथा संस्कृतिको जर्गेना र र प्रवर्द्धनका लागि पनि भेला महत्त्वपूर्ण रहनेछ ।’’
प्रतिक्रिया