काठमाडौं। कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले कृष्णमान डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। बागमती प्रदेश समितिको शनिबार बसेको बैठकले डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
डंगोल कांग्रेस नगर सभापति हुन्। नेकपा (एमाले) ले यहाँ केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। माओवादी केन्द्रले प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। महर्जन ०७९ को स्थानीय तह चुनावमा कांग्रेसका राजकुमार नकर्मीसँग पराजित उम्मेदवार हुन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको छ। यद्यपि उनको नाम भने फाइनल भइनसकेको रास्वपाले जनाएको छ। राप्रपाले कीर्तिपुरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ।
२०७९ वैशाखको स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित कांग्रेसका नकर्मीको २०८१ साउनमा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन मंसिर १६ गते हुँदैछ।
प्रतिक्रिया