अमेरिकी डलर उच्च विन्दुमै स्थिर, युरो र पाउण्ड घट्यो, यस्तो छ आजको विनिमय दर

अमेरिकी डलर उच्च विन्दुमै स्थिर, युरो र पाउण्ड घट्यो, यस्तो छ आजको विनिमय दर


काठमाडौं – सोमबार अमेरिकी डलरको भाउ उच्च विन्दुमै स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङमा गिरावट आएको छ।

आज १ अमेरिकी डलरको खरिद दर १३४.७४ रुपैयाँ रहँदा बिक्री दर १३५.३४ रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४२.०४ रुपैयाँ कायम भएको छ। बिक्री दर १४२.६७ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १४२.५१ रुपैयाँ र बिक्री दर १४३.१५ रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १७०.०४ रुपैयाँ र बिक्री दर १७०.८० रुपैयाँ रहेको छ। हिजो १ पाउण्ड स्टर्लिङको खरिद दर १७०.८७ रुपैयाँ र बिक्री दर १७१.६३ रुपैयाँ थियो।