काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ ।
निर्वाचन आयोगले उम्मेदवारमाथि उजुरी दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ।
सोमबार नै अपराह्न ३ बजेपछि मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
यस्तै मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ ।
यही मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ।
जसका लागि आइतबार विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोनयन पत्र दर्ता भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ।
प्रतिक्रिया