पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। ढिलो गरी निर्णय हुँदा कर्मचारी र सेवाग्राहीले सास्ती भोगेका छन्।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। ढुंगानाको आइतबार दिउँसो निधन भएको थियो। सरकारले ढिलो गरी निर्णय गर्दा कर्मचारी र सर्वसाधरणले दुःख पाएका छन्।
सरकारको निर्णय सार्वजनिक हुँदै गर्दा कतिपय कर्मचारी तथा सेवाग्राहीहरु कार्यालय पुगिसकेका थिए। राहदानी विभाग, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालयहरुमा नौ बजेदेखि नै सेवाग्राहीको भिड लाग्ने गर्दछ। तर, ९ बजेपछि मात्र सरकारले सार्वजनिक बिदाको निर्णय गरेको थियो। जसकारण कतिपय कर्मचारी बाटैबाट त कतिपय कार्यालय पुगेपछि फर्किएका छन्।
प्रतिक्रिया