काठमाडौँ -नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण २०२५ जुन १९ देखि २२ सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्यान्ड राज्य तथा वासिङ्टन डिसी महानगर क्षेत्रमा आयोजना हुने महोत्सव लागि विश्वभरबाट आवेदन खुल्ला गरिएको छ ।
महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछ । नेपाल, अमेरिका र दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।
Laxmi sunrise bank 2034
अमेरिकाका वासिङ्टन डीसी, मेरिल्यान्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत चलचित्रहरू प्रदर्शन हुनेछन् । स्थापना कालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ फ्लोरिडासँगको
सहकार्यमा प्रदर्शन हुँदै आएका चलचित्रहरू आगामी २०२५ को संस्करण पनि समावेश हुने जनाइएको छ । अमेरिकाको मेरिल्यान्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय चलचित्रकर्मी सम्मिलित समितिले आवेदन परेका मध्येबाट चलचित्रहरू प्रदर्शनका लागि छनोट गर्नेछ । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ ।
महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत हुनेछन् । हरेक चलचित्र प्रदर्शनपछि त्यसका निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया समेत हुनेछ ।
प्रतिक्रिया