काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
आज स्वदेशी रातो आलु ७५ रहेको छ भने भारतीय रातो आलु ७० तथा सेतो आलु ६२ रुपैयाँ रहेको छ ।
यस्तै, प्याज प्रतिकिलो अधिकतम ११० रुपैयाँ छ । प्याज अघिल्लो दिन ११५ रुपैयाँ थियो ।
गोलभेँडा पनि केही सस्तिएको छ । यस दिन ठूलो गोलभेँडा अधिकतम १०० र सानो गोलभेँडा ७० रुपैयाँ छ । धेरै तरकारीको मूल्य स्थिर छ । स्थानीय काउली १२०, लाम्चो भन्टा ५०, डल्लो भन्टा ७०, तने बोडी १५०, मटरकोशा १३०, घिउ सिमी १२० रुपैयाँ छ ।
यस्तैगरी, तिते करेला १००, लौका ९०, भिण्डी १६०, बरेला ५०, इस्कुस २०, रायो साग ५०, पालुंगो साग १००, चमसुर साग १२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । कन्य च्याउ २५० तथा डल्ले च्याउ ३२५ रुपैयाँ छ । कुरिलो १२०० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया