डा. महतले भने- चीनले पहिले गरेका प्रतिबद्धतालाई बीआरआई अन्तर्गत अनुदान दिँदा राम्रो हुन्छ

डा. महतले भने- चीनले पहिले गरेका प्रतिबद्धतालाई बीआरआई अन्तर्गत अनुदान दिँदा राम्रो हुन्छ


काठमाडौँ- काँग्रेस प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनले लामो समयदेखि गरिरहेका प्रतिबद्धताहरूलाई अनुदानको रूपमा दिँदा उपयुक्त हुने बताएका छन् ।

प्रधानमन्त्रीको भ्रमणको विषयका कुराकानी गर्दै उनले नेपाललाई वार्षिक रूपमा गरेका प्रतिबद्धता अनुसार दिए राम्रो हुने उल्लेख गरेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ देखि २१ सम्म चीनको औपचारिक भ्रमण गर्दैछन् । उक्त भ्रमणलाई लिएर नेपालमा अहिले गृहकार्य चलिरहेको छ ।

नेपाललाई अनुदान दिने विषय चीन सकारात्मक रहेको आफूले पाएको उनले बताए ।