काठमाडौं महानगरले प्रारम्भिक बालविकास केन्द्रको अभिलेखीकरण गर्दै

काठमाडौं महानगरले प्रारम्भिक बालविकास केन्द्रको अभिलेखीकरण गर्दै


काठमाडौं- काठमाडौं महानगरपालिकाले प्रारम्भिक बालविकास केन्द्रको अभिलेखीकरण गर्ने भएको छ ।

महानगरपालिकाले एक सुचना जारी गर्दै जिल्ला शिक्षा कार्यलयबाट अनुमति प्राप्त गरेका वा सम्बन्धित वडा कार्यालयमा व्यवसाय दर्ता गरी सञ्चालनमा रहेका शिशु स्याहार केन्द्र, प्रारम्भिक बाल विकास तथा शिक्षा र पुर्व प्राथमिक विद्यालयहरुलाई अभिलेखीकरणका लागि दरखास्त पेश गर्न अनुरोध गरेको हो ।

महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने शिशु स्याहार केन्द्र, प्रारम्भिक बाल विकास तथा शिक्षा र पूर्व प्राथमिक विद्यालयलको व्यवस्थापनमा एकरुपता कायम गर्न, शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा अध्यावधिक गर्न र प्रचलित कानुन बमोजिम महानगरस्तरीय शिक्षाको मूल धारमा ल्याउन लागिएको सुचनामा जनाइएको छ ।सुचना प्रकाशित मितिले ३० दिनभित्र आवश्यक कागजातसहित पेश गर्न आग्रह गरिएको छ ।

462573336_1378755433099725_572140988308243126_n-1732179598.jpg