काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा सबैभन्दा सही ठाउँमा रहेको जिकिर गरेका छन् । काठमाडौँमा आयोजित जागरण सभालाई सम्बोधन गदै भ्रष्टाचारको सबै विपक्षमा एमाले रहेको बताए ।
उनले भने, ‘सुशासनको मामिलामा हाम्रो पार्टी यो देशका अरु राजनीतिक पार्टीभन्दा सबैभन्दा सही ठाउँमा छ । हाम्रो पार्टी अध्यक्षले भन्नुहुन्छ, ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ भनेर यो अध्यक्षको भनाई मात्रै होइन, एमालेको भनाइ हो । एमालेका नेता कार्यकर्ता कसैले पार्टीको आदर्शलाई समात्न सक्दैनन् भने कारवाहीको भागीदार हुन्छन् ।’
उनले एमालेका नेता कार्यकर्तालाई कुनै अभियोग लागेमा कहिल्यै पक्षमा नलाग्ने बताए ।
उनले थपे, ‘अभियोग लागेपछि निलम्बन गरेर छानबिनलाई सघाउने गरेका छौँ । तर, पुरानाको विकल्प भन्ने स्वतन्त्र पार्टीका सभापतिले के-के गर्नुभयो भन्ने भन्नु पर्दैन । संसदको समितिले छानबिन गरेर कारवाहीको सिफारिस गरेर प्रक्रिया अगाडि बढाउँदा प्रहारको निशाना एमालेलाई बनाइएको छ ।’
उनले आफूहरू सुरुदेखि नै व्यक्ति केन्द्रित छानबिन समिति बनाउन हुँदैन भन्ने पक्षमा रहेको बताए ।
प्रतिक्रिया