कम्बोडियामा मात्रै किन, अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्देऊ न : ओली

कम्बोडियामा मात्रै किन, अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्देऊ न : ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार भ्रष्टाचार गर्न नबनेको प्रष्ट पारेका छन् ।

एमालेका अध्यक्ष समेत रहेका ओलीले काठमाडौँमा आयोजित जागरण सभालाई सम्बोधन गदै अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने बताए ।

उनले एमालेलाई कसैले हल्लाउन नसक्ने भन्दै विरोधीहरूलाई भने, ‘तपाईँहरू एमालेप्रति औला उठाउँदै हुनुहुन्छ, साँचै बहस गर्न सक्नुहुन्छ । तथ्य प्रमाणको आधारमा बहस गर्न सक्नुहुन्छ ? भन्दिए त भोनी, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड स्वीस बैंकमा, तपाईँहरू हेर्न जान सक्नुहुन्न, भन्दिए भो । अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो भन्देउन् । भन्दिनका लागि, फाल्तु कुरा गर्नुको अर्थ छैन ।’

उनले अर्थतन्त्रलाई ध्वस्त बनाएर अराजकता मच्याउने प्रयास भइरहेको बताए ।