प्रधानमन्त्रीले मन्त्रालयका सचिवहरूसँग गर्ने भनिएको छलफल स्थगित

प्रधानमन्त्रीले मन्त्रालयका सचिवहरूसँग गर्ने भनिएको छलफल स्थगित


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रालयका सचिवहरूसँग गर्ने भनेको त्रैमासिक समीक्षा छलफल स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे सिंहदरवारमा सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने कार्यक्रम थियो । तर प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण उक्त छलफल स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजै २ बजेका लागि तय गरिएको त्रैमासिक समीक्षा बैठक पनि स्थगन भएको छ ।