मोरङका ग्रामथान गाउँपालिका अध्यक्षमा १६ जनाको उम्मेदवारी

मोरङका ग्रामथान गाउँपालिका अध्यक्षमा १६ जनाको उम्मेदवारी


Photo:Rajan Kafle

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत कोशी प्रदेशको मोरङ जिल्लास्थित ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जनाको उम्मेदवारी परेको छ ।

नेकपा एमालेका तुलसीराम विश्वास, नेपाली काँग्रेसका बलराम सरदार थारु, नेकपा माओवादी केन्द्रका नमो नारायण माझी अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीन कुमार विश्वास खवास, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेश कुमार थन्दार, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशी, जनमत पार्टीबाट विनोद कुमार माझी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट वुद्धिचन विश्वास थारु उम्मेदवार छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टीबाट प्रभुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजु मुसहर, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी (थारु), जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी र स्वतन्त्र रूपमा नमनारायण चौधरी थारु अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।

२०७९ को निर्वाचनमा यो पालिकाको अध्यक्ष पदमा ७ जना उम्मेदवार थिए । जसअनुसार नेपाली काँग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मतसहित निर्वाचित भएका थिए ।