परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत

परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत


काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

परराष्ट्र मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जान लागेकी हुन् ।